मदिरा व्यवसायी महासंघको महासचिवमा तारानाथ ढुंगानाको उम्मेदवारी

पोखराका व्यवसायी तारानाथ ढुंगानाले मदिरा व्यवसायी महासंघको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका ढुंगाना मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्षसमेत हुन् ।

उनी महासंघको गण्डकी अञ्चल अध्यक्ष समेत भइसकेका छन् भने विभिन्न संघसंस्थामा समेत आवद्ध छन् ।

महासंघको ११औं महाधिवेशन यही २१ गते काठमाडौंमा हुँदैछ । नेपालको ५३ जिल्लामा महासंघको संगठन विस्तार भएको बताइन्छ ।

महासचिवमा उम्मेदवारी घोषणा गरेका ढुंगानाले देशभरका मदिरा व्यवसायीलाई एकतावद्ध बनाउँदै बलियो संस्था बनाउन प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।

हाधिवेशन यही २१ गते काठमाडौंमा हुँदैछ । नेपालको ५३ जिल्लामा महासंघको संगठन विस्तार भएको बताइन्छ ।
महासचिवमा उम्मेदवारी घोषणा गरेका ढुंगानाले देशभरका मदिरा व्यवसायीलाई एकतावद्ध बनाउँदै बलियो संस्था बनाउन प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।