आठौ राष्ट्रिय खेलकुद अन्तर्गत आईटिएफ तेक्वान्दोमा बाग्लुङका दिनेशलाई दुई स्वर्ण

नेपालगञ्जमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोमा दिनेश बुढामगरले दुई वटा स्वर्ण हात पार्न सफल भएका छन् ।

बागलुङ बुर्तिबाङका बुढा मगरले आईटिएफ एकल ५६/६० केजीको स्पाईरिङ र ग्रुप स्पाईरिङमा गरि दुई वटा स्वर्ण हात पार्न सफल भएका हुन् ।

एकल स्पाईरिङ तर्फ पहिलो राउण्डमा प्रदेश नं. १ का भुवन मगरलाई पराजित गरेका थिए भने दोस्रो राउण्डमा सशस्त्र प्रहरीको एफपीएफका प्रज्वल गड्तौलालाई पराजित गरेका थिए । त्यसै गरि प्रतियोगिताको फाईनल खेलमा प्रदेश नं.३ का करसाङ्ग दोर्जे तामाङलाई पराजित गरेका हुन् । आईटिएफ तेक्वान्दो प्रतियोगिताका उनि एक अब्वल खेलाडीका रुपमा परिचित छन् ।

उनले साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीबाट प्रतिनीधित्व गर्दै सातौ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक हात पारेका थिए । त्यसै गरी नेपालमै सम्पन्न छैठौ दक्षिण एसियाली खेलकुदमा पनि सहभागिता जनाउदै उनले स्वर्ण पदक प्राप्त गरेका थिए । यति मात्र नभई उनि दश पटक भन्दा बढी राष्ट्रिय च्याम्पियन समेत बनि सकेका छन् । त्यसका साथै थाईल्याण्डमा भएको वल्र्ड मार्शल आर्ट स्पाईरिङमा नेपाललाई काश्य पदक दिलाएका थिए । भने कोरिया सम्पन्न भएको विश्व च्याम्पियनसिप प्रतियोगितामा पनि नेपालको तर्फबाट सहभागागिता जनाएका थिए ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमामा अवस्थित बुर्तिबाङ गाउपालिकाका बुढामगर खेल क्षेत्रमै आफुलाई समर्पित गरेर आईटिएफ तेक्वान्दोको खेलमा प्रदेश तथा देशको नेतृत्व गर्दै बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने गरेका छन् ।

बुधबार सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोको प्रतिस्पर्धामा भने उनि विनाविभागिय टिम त्रिभुवन आर्मी क्लवबाट प्रतिनीधित्व गर्दै सहभागिता जनाएका हुन् ।