गण्डकी मेडिकल कलेज (जिएमसी)का अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन् । सोमबार अर्याल वकिलसहित अदालतमा हाजिर भई धरौटी रकम बुझाएर रिहा भएका हुन् ।
कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार थिए ।
विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएपछि उनी फरार थिए ।
विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालकविरुद्ध उजुरी दिएका थिए । विद्यार्थी आन्दोलनका कारण लामो समय अस्पताल बन्द भएको थियो । विद्यार्थीलाई धम्क्याएर बढी शुल्क असुल्ने कलेज सञ्चालकहरु रिहा हुँदै गएका छन् भने उनीहरुलाई कारवाही हुने संकेतसमेत देखिएको छैन ।






