नेकपा एकिकरणपछि जिल्ला जिल्लामा नेताहरुले जिम्मेबारी पाएका छन् । यस्तै रुपन्देहीमा दिईएको जिम्मेबार पनि रोचक देखिएको छ ।
यहाँ मेयर अध्यक्ष भएका छन् भने प्रदेश सासदको भागमा सचिव पारेको छ । तत्कालिन एमालेले नेतृत्व पाएको रुपन्देहीमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी जिल्ला अध्यक्ष भएका हुन् । सचिव पाएको तत्कालिन माओवादीबाट प्रदेश सभा सदस्य दघिराम न्यौपानेले जिम्मेबारी पाए ।
न्यौपाने तत्कालिन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत हुन् । रुपन्देहीमा यसअघि गोपाल भट्टराईको नाम तत्कालिन एमालले सिफारिस गरेको थियो ।
घिमिरे माधव नेपाल पक्षका नेताका रुपमा चिनिन्छन् । तत्कालिन माओवादीले भने सचिवमा निर्मल जिसीलाई सर्वसहमतीले चयन गरेर पढाएको थियो ।






