कांग्रेसमा गुटउपगुट छैन,यो अफवाह मात्र हो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा गुटउपगुट नभएको जिकिर गरेका छन् ।

झाापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले पार्टी भित्र गुटउपगुट छ भनेर विपक्षीले अफवाह फैल्याएर जनतामा भ्रम छर्ने गरेको आरोप लगाएका छन्।

उनले कांग्रेस सदन र जनताबीच दुवै तर्फ सशक्त भूमिकामा रहेको पनि धारणा राखे।

फरक प्रसंगमा उनले बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरकी श्रीमति ललिताको भएको र सरकारले अधिग्रहरण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले पाउनुपर्ने समेत तर्क गरेका छन्।