नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको फलामे ढोका फोड्न सफल भएको बताए छन्।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले तल्लो तहको जिल्ला अध्यक्ष र सचिवको नाम टुंग्याउनु नेकपा एकताको अन्तिम रुप भएकोले जनतासँग गरेको बाचा पनि पुरा भएको बताए। पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरु जिम्मेवार भएको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले सजिलो नभए पनि पार्टी एकताको मिसन पूरा गरेको भन्दै यसबाट प्रतिक्रियावादीका लागि झट्का लागेको र आफूहरुका लागि नयाँ उत्साह भएको बताए।
उनले पार्टीले माक्सवाद, लेनिनवाद विचारधारमा टेकेर समाजवादतिरको यात्रामा अघि बढ्ने दाबी गरे।






