नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । ७० वर्षअघि अर्थात् सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ ।
दिवसलाई भव्य रुपमा मनाउने तयारी गरिएको नेकपाले जनाएको छ । काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।
यस्तै आजै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ ।
यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो ।




