सुष्मिताले दिलाईन आइटिएफ तेक्वान्दो गण्डकीलाई पहिलो स्वर्ण

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइटिएफ तेक्वान्दोमा सुष्मिता थापामगरले गण्डकी प्रदेशलाई पहिलो स्वर्ण पदक दिलाएकी छिन ।

आज सम्पन्न आइटिएफ तेक्वान्दो महिला स्पाईरिङ खेलमा ४६–५० केजी तौल सुमहको फाइनलमा प्रदेश नं ३ की निलिमा सुनारलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन ।

साथै उनले रेड वेल्ट एकल प्याटनमा रजत तथा महिला ग्रप प्याटनमा पनि रजत पदक जित्न सफल भएकी छिन् ।

यस्तै ब्ल्याक वेल्ट थर्ड डान प्याटन प्रतिस्पर्थामा बसन्ती बुढामगरले रजत हात पारेकी छिन भने ५१-५५ केजीको तौल समुहमा गोमा थारुले कास्य पदक हात पारेकी छिन । आजै भएको पुरुष ५१- ५५ तौल समुहको प्रतिस्पर्थामा सागरशम्सेर कुंवरले कास्य हात पारेको प्रशिक्षक प्रतिक घर्तीमगरले जानकारी दिएका छन ।

त्यसैगरी महिला ग्रुप प्याटनमा रजत पदक प्राप्त भएको आइटिएफ तेक्वान्दो गण्डकी प्रदेशका सचिव तथा प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले जानकारी दिएका छन् । उनका अनुसार गण्डकी प्रदेशबाट २५ जना आईटिएफ तेक्वान्दोका खेलाडीले सहभागिता जनाएकोमा अव ११ जना खेलाडीले एकल स्पाईरिङमा प्रतिस्पर्था गर्न बाकी रहेको छ ।

आईटिएफ गण्डकी प्रदेशलाई स्वर्ण दिलाउने थापामगर बागलुङकी हुन । थापा मगरले दिलाएको यो स्वर्णसंगै गण्डकी प्रदेशको स्वर्ण शंख्या ७ पुगेको छ भने पदक तालिकामा गण्डकी पाँचौ स्थानमा उभिएको छ ।