नेकपाका सबै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुंगियो

कठोर संघर्ष र छलफल पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुंगिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो ।

भोलि ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त नामावली सार्वजनिक गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले अबको केही दिनमा पोलिटब्यूरो गठन गरी सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

पोलिटब्यूरो संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुने बताइएको छ ।बैठकले भोलि दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा ७१ औं कम्युनिष्ट पार्टी स्थापाना दिवस समारोह मनाउने निर्णयसमेत गरेको छ ।