बागलुङमा जन्ती बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।
ताराखोला गाउँपालिका वडा नम्बर १ माझखर्कबाट काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी तर्फ आउँदै गरेको ध १ ख ४६८ नम्बरको आइचर बस काठेखोला गापा–५ बिहुँ रगेनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा काठेखोला गाउँपालिका वडा नम्बर ८ का गंगा बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्ण हरि शर्माले जानकारी दिए ।
घाईते हुनेहरुमा लेखानीका १४ वर्षीया आरती सुनार, १५ वर्षीया ज्योति सुनार, ६३ वर्षीय चन्द्रबहादुर सुनार, १२ वर्षीया सफलता विक र १७ वर्षीय संगीता विक छन् । यस्तै ३१ वर्षीय हेमन सुनार, १७ वर्षीय सोनिया विक र २२ वर्षीय विन्दु सुनार रहेका छन् ।
घाईतेहरुलाई एम्बुलेन्स मार्फत धौलागिरी अञ्चल अस्पताल बागलुङ बजारमा ल्याई उपचार भैरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






