आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिलातर्फ आज साँझ आर्मी र गण्डकी प्रदेश तथा प्रदेश ५ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
आजै भएको पुरुष भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब समूह ‘ख’ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खजुरास्थित भलिबल कोर्टमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि ३–१ को जित निकाल्दै समूह विजेता बनेको हो ।
पुलिसको जितसँगै यो समूहबाट एपीएफ समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल हुँदा प्रदेश १ र सुदुरपश्चिम प्रदेश समूह चरणबाटै बाहिरिए ।
विभागीय नेपाल पुलिस क्लब समुह ‘क’ मा आज साँझ सुदुरपश्चिम र प्रदेश ५ तथा समूह ‘ख’ मा कर्णली प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
महिलातर्फ प्रदेश ३ र एपीएफले लगातार तेस्रो जित निकालेको छ । प्रदेश ३ ले कर्णली प्रदेशलाई पाखा लगाएको छ ।




