नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजय हासिल गरेको छ ।
आईतबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश नम्बर ३ लाई ८ विकेटले पराजित गरेको छ ।स्पिनर साहब आलमले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि आमीैले विजयी भएको हो ।
कोहलपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ३ ले १५।१ ओभरमा अल आउट हुँदै ४० रनमा समेटिएको थियो । प्रदेश ३ का ७ ब्याट्सम्यानले खाता सम्म खोल्न सकेनन् । प्रदेश तीनलाई सस्तैमा रोक्न आर्मीका साहव आलमले ४ ओभरमा ३ मेडन सहित २ रन खर्चेर ६ विकेट लिए ।
सामान्य ४१ रनको लक्ष्य आर्मीले १०।१ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । खेलमा साहब म्यान अफ दम्याच चुनिए ।
source ;hamrokhelkud.com




