पुरुष हेन्डबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्ज रंगशालामा भएको पुरुष हेन्डबल खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

आज विहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गरी गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे। त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच–पाँच गोल गरे।

त्यसैगरि, आज विहान भएको अर्को खेलमा नेपाल आर्मीले पनि विजयी सुरुवात छ। आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले पराजित गरेको हो।

प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे।