कास्कीको लेखनाथ पचभैयामा पहिलो पटक महानगरपालिका वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिदै छ ।
यही बैशाख ५ देखि ७ गतेसम्म पचभैया प्रगतिशील युवा मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३१ को संयोजनमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता अमरसिद्ध नमूना माविको खेल मैदानमा सञ्चालन गरिने आयोजक पचभैया प्रगतिशील युवा मञ्चका अध्यक्ष सुनिल थापाले जनाए ।
प्रतियोगितामा विजेता वडाले नगद ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ नगदसहित शिल्ड पदक तथा प्रमाणपत्र पाउने छन् । उत्कृष्ठ खेलाडी, उत्कृष्ठ स्पाईकर, उत्कष्ठ लिफ्टर खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।
प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीलाई समावेश गराउने नपाईने नियम बनाइएको आयोजक प्रगतिशीय युवा मञ्चले जनाएको छ ।




