रोजगारीका लागि आवेदन दिन छुटेकाहरुका लागी मौका

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद सकिएको छ ,तर पहिलो वर्ष भएकाले समय थप्ने सरकारको तयारी छ । सरकारले निर्णय गरेर समय थप्न सक्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताउनुभयो ।

चैतसम्म कतिले रोजगारीका लागि आवेदन दिए भन्ने विवरण संकलन भैसकेको छैन । चैतभरी नै सबै स्थानीय तह र वडा कार्यालयमा बेरोजगारको आवेदन दर्ता गर्ने काम भएको छ ।

छुटेकाहरुलाई अझै एकपटक मौका दिने सरकारको तयारी छ । बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।

त्यसपछि स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ ।