साइबर अपराध अभियोगमा पत्रकार पक्राउ

पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् । ताण्डव न्यूज साप्ताहिकका सम्पादक गिरीलाई साइबर अपराध गरेको उजुरीमा प्रहरीले पक्रेको हो ।

साइबर अपराधको उजुरी काठमाडौंमा मात्र हेरिने भएकाले गिरीलाई उतै लगिने जनाइएको छ । पोखराका व्यवसायी विपेन्द्रराज बतासले केही व्यक्तिलाई ठगी गरेको समाचार उनले लेखेका थिए । समाचारले चरित्र हत्या भएको दाबी गर्दै वतासले साइबर क्राइम अन्तर्गत मुद्दा दायर गरेका थिए ।

गिरीलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा यसको तीव्र विरोध भइरहेको छ । नेपाल पत्रकार महासंघ कास्कीले विज्ञप्ति जारी गर्दै उनलाई शीघ्र रिहाइको माग गरेको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठ हस्ताक्षरित विज्ञप्तिमा समाचारमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल हुँदाहुँदै साईवर अपराधमा मुद्दा दर्ता गरेकोमा खेद प्रकट गर्दै पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्न माग गरिएको छ ।

यस्तो छ अर्जुनले लेखेको समाचार