नेपालसंग मलेसिया ८ विकेटले पराजित


यू-१९ विश्वकप छनौट अन्तर्गत आज भएको खेलमा नेपाली टिमले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको ९३ रन पछाएको नेपालले १३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो । नेपालका लागि रीत गौतमले अविजित ३९ रन बनाए भने आसिफ सेखले २६ रन बनाए । त्यस्तै पवन सराफले १९ तथा कप्तान रोहित पौडेलले अविजित ६ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको थियो ।


मलेसियाको पुरा टिम ३३.२ ओभरमा ९२ रनमा समेटिएको छ । लेजाट डेनियल फिक्रीले वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।


मलेसियालाई सास्तैमा समेट्ने क्रममा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । नेपाली बलरकुशल मल्ल र पवन सराफले ३९३ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सागर ढकालले एक विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत नेपालले अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।यस प्रतियोगिताको विजयी टिम सिधै एशियाबाट सन् २०२० को जनवरी फेब्रुअरीमा दक्षिण अफ्रीकामा हुने यू९१९ विश्वकप क्रिकेटमा छनौट हुने छ ।

मलेसियामा हुने एशिया स्तरको यू९१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ । अहिलेसमम नेपालले प्रतियोगितामा खेलेका ३ खेलमा २ मा जित र एकमा हार बेहोरेको छ ।