सरकारले फागुन २८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगायो । त्यही प्रतिबन्धित विप्लव निकट अखिल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गरेकोमा सरकारले विभूषित गरेको छ ।
राष्ट्रकवि माधव घिमिरेसहित सम्मानीत भएको समारोहमा पाठक सम्मानीत भएका हुन् । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पाठक कालिका मानवगान मावि बुटवल १० रुपन्देहीका प्रधानाध्यापक हुन् । १८५ शिक्षक रहेको यो स्कुलमा ४ हजार ३ सय ९३ विद्यार्थी छन् । सम्भवतः यो नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएको सरकारी स्कुल हो ।
समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरु विभिन्न पदक तथा मानपदवीबाट विभूषित गरेकी छन् ।
राष्ट्रपति कार्यालय शितलनवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई विभिन्न मानपदवीबाट विभुषित गरेकी हुन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७५ को अवसरमा घोषणा भएअनुसार समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरुलाई नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री मानपदवीबाट विभूषित गरेकी हुन् ।




