नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने भविष्यवाणी गरेका छन्। शनिबार धनगढी पुगेका देउवाले सरकार आफ्नै कारणले विघटन हुने बताएका हुन्।
प्रेस युनियन कैलाली शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार गठन भएपछि मुलुकमा हत्या हिंसामा बढेको बताए। उनले सरकारकै लापरबाहीले निर्मलाको हत्या प्रकरणको तथ्य बाहिरिन नसकेको आरोप लगाए।
सरकारले कर बढाएको प्रति देउवाले असन्तुष्टि व्यक्त गरेका थिए। देउवाले भने, ‘हिजोआज आलुमा पनि सरकारले कर लगाएको छ। जनतालाई समस्या भइरहेको छ।’ आयुको विषयमा केही भन्न नचाहे पनि सरकार आफ्नै कारणले ढल्ने उनको दावी छ ।






