युभेण्ट्सले बराबरी खेल्दा बार्सिलोनालाई उपहार गोलबाट अग्रता

क्रिष्टियानो रोनाल्डोले गरेको गोलले दिएको अग्रता एक मिनेट पनि कायम रहन नसक्दा च्याम्पियन्स लिगमा युभेण्ट्सले अजाक्ससँग एक एक गोलको बराबरीमा पहिलो लेग टुग्याएको छ ।

नेदरल्याण्डी क्लब अजाक्सले ४६ औ. मिनेटमा गोल फर्काउँदै युभेण्ट्सको दबदबालाई मत्थर बनाईदियो । पहिलो हाफको अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोले गरेको गोलले युभेण्ट्सलाई अग्रता लिएको थियो । ४५ औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए । उत्कृष्ठ फर्ममा रहेका रोनाल्डो र्कुकुच्चाको चोटबाट केही समय मैदान बाहिर रहेका थिए । अजाक्स विरुद्धको खेलमा उपस्थिति नहुने या नहुने सम्भावना गुज्रिएको अवस्थामा फिट हुदैं च्याम्पियन्स लिगमा उनको उपस्थिति प्रभावशाली देखियो । अजाक्सका लाडि डेविड नेरेसले बराबरी गोल गरेका थिए ।

उता आत्मघाती गोलले डुबाउँदा च्याम्पियन्स लिगको क्र्वाटरफाईनलको पहिलो लेग म्यानचेष्टर युनाईटेडले कडा चुनौति पेश गर्नुपर्ने देखिएको छ । लुके शको आत्मघाती मार्फत बार्सिलोनालाई युनाइेटड विरुद्ध अग्रता लिने अवसर महत्वपूर्ण बन्यो । लुकेले खेलको १२ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाईटेड स्तब्ध बन्न पुग्यो ।

source:kheladinews