आर्दश युवा क्लब भण्डारढीकले भण्डारढीक खेल मैदानमा नयाँ फुटबलको शुरुवात गर्यो । प्रतियोगिता अन्य फुटबल भन्दा निकै भिन्न थियो । नियम खेल्नु अघिमात्रै बनाईएको थियो । टिम मिक्स थियो । महिला र पुरुष खेलाडी समान थिए । १०÷१० जना खेलाडी मैदानमा उत्रिएका थिए । मिक्स फुटबलको परिकल्पना भने मर्सीकोर नेपालले गरेको थियो ।
लेखनाथ क्षेत्रका नौ विद्यालयमा शुरु गरिएको फुटबल प्रशिक्षणको झण्डै दुई महिनापछि भण्डारढीक खेल मैदानमा क्लबले ‘गल्र्स राईज कप २०१९’ आयोजना गरेको हो । उपाधि होली माउण्ट स्कुलले जित्यो । ४ विद्यालयका ५ टिम सहभागि रहेको कपमा प्वाईन्टको आधारमा होली माउण्टले उपाधि जित्न सफल भएको हो ।
खेल लिगकम नकाउटको आधारमा खेलाईएको थियो । महिला(छात्रा)ले गोल गरेपछि दुई प्वाईन्ट र छात्रले गोल गरे सामान्यत १ प्वाईन्ट रहने प्रावधान राखिएको थियो । नियम समेत छात्राहरुले नै बनाएका थिए । नियम बढी पालना गर्ने टोलीले पाएको प्वाइन्टको आधारमा विजेता घोषणा गरिएको थियो ।
फाईलनमा भिडेका होली माउण्ट र सिद्धि विनायक स्कुल बीचको खेलमा होली माउण्टले ७ र सिद्धिविनायकले ५ प्वाईन्ट प्राप्त गरेको थियो । मर्सीकोर नेपाल संस्थाले लेखनाथका विभिन्न ९ विद्यालयमा फुटबलको आधारभूत प्रशिक्षण शुरु गरेपछि पहिलो पटक महिला र पुरुष(छात्र र छात्रा)लाई मिक्स टिममा सहभागि बनाई प्रतियोगिता आयोजना गर्दै महिलालाई फुटबलप्रति केन्द्रीय गर्ने उद्देश्य रहेको थियो ।
उपाधि विजेता होली माउण्टलाई ट्रफी प्राप्त गर्दा अन्य सहभागि खेलाडीले पदक पुरस्कार स्वरुप प्राप्त गरेका थिए । कपमा सिद्धिविनायक, जनप्रकाश, त्रिभुवन शान्ति माविको सहभागिता रहेको आयोजक आर्दश क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । आदर्श युवा क्लबको आयोजना तथा मर्सीकोर जेनेरेशन अमेजिङ्गको सहयोगमा हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित गरौ भन्ने अभियानलाई मूर्तरुप दिन गल्र्स राईज कप –२०१९ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक सुदिप न्यौपानेले जानकारी दिए ।
सामान्य फुटबल भन्दा फरक अवधारणा फुटबल ३ मा आधारित विभिन्न ६ खेल खेलाईएको थियो ।जहाँ खेलाडी आफै खेल सम्बन्धी नियम बनाई औपचारिक रेफ्री विना खेलहरु खेलिएको थियो । छ विद्यालयका छात्र छात्राहरुको सहभागिता थियो । क्लबका अध्यक्ष भण्डारी र स्थानीय समाजसेवी दयाबावु भण्डारीले सहभागी सबै टिम र खेलाडीहरु लाई ट्रफी तथा पदक एवं प्रमाण–पत्र वितरण गरेका थिए ।
हार जित भन्दा पनि महिलाहरु अवसर पाए पुरुष जतिकै हरेक क्षेत्र तथा तहमा सक्रिय भूमिका नर्वाह गर्न सक्षम छन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक न्यौपानले बताए । फुटबलको माध्यमद्वारा किशोर किशोरीहरुको नेतृत्व विकास गर्ने मुख्य उद्देश्य लिएर मर्सीकोर जेनेरेशन अमेजिङ्गको आर्थिक सहयोगमा क्लबद्वारा विगत ३ महिना विभिन्न कार्यक्रमहरु गदै आएको छ । संस्थाले क्लबलाई ४१ लाख ७१ हजार ३७ रुपैयाँ आर्थिक सहयोगको सम्झौता गरेको छ । सम्झौतसँगै युथ लिडरसिप तालिम शुरु दिइएको छ ।
सम्झौता अनुसार कार्यक्रमको प्रभावकारी अुनगमन भने सम्बन्धी संस्थाले नै गर्दै आएको छ । उपलब्ध गराएको आर्थिक सहयोगबाट क्लबले ग्रास रुट कार्यक्रम गरेको हो । मर्सीकोरसँगको साझेदारीमै क्लबले फुटबल मैदानको दक्षिण तर्फ दर्शक प्यारापिट निर्माण गरिसकेको छ ।
मर्सीकोरले लेखनाथको फुटबल विकाससँगै युवा नेतृत्व सम्बन्धी तालिम प्रदान गर्न यसअघि दुई चरणका कार्यक्रम पुरा गरिसकेको छ । दुई चरणको कार्यक्रममा गैरसरकारी संस्था मर्सीकोर नेपालले आदर्श युवा क्लब भण्डारढीकलाई ८० लाख रुपैयाँ हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरिसकिएको छ । फुटबलको लागि आवश्यक भौतिक पुर्वाधार क्षेत्रमा समेत संस्थाले आर्थिक सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले बताए ।
source:kheladines






