हजार्डको २ गोलको मद्दतमा चेल्सी विजयी

इङलिश प्रिमियर लिगअन्तर्गत चेल्सीले वेस्टह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले वेस्टह्यामलाई २-० ले पराजित गरेको हो । चेल्सीको जितमा इडेन हजार्डले २ गोल गरेका थिए । हजार्डले खेलको २४औ मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ९० मिनेटमा दोस्रो गोल गरेका थिए ।

हजार्डले यस सिजनको प्रिमियर लिगमा अहिलेसम्म १६ गोल गरेका छन् भने १२ गोल असिस्ट गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड जाने हल्लाका बीच हजार्डले उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीलाई जित दिलाएका छन् ।

जितसँगै चेल्सी प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलमा ६६ अंक भएको छ । वेस्टह्याम भने ३३ खेलमा ४२ अंकसहित लिगको एघारौ स्थानमा रहेको छ ।