छोरा अध्यक्ष, बाबु प्रमुख अतिथि

- राजनीतिमा आए उपन्द्र यादवका छोरा

राजनीतिमा परिवारैको संलग्नता विश्वमा धेरैतिर देखिन्छ । दक्षिण एसियामा त यो निकै प्रचलित पनि छ । शनिबार विराटनगरमा भएको कार्यक्रमको अध्यक्ष छोरा थिए, बाबु प्रमुख अतिथि ।

मधेशी जनाधिकार फोरमको प्रथम नगर अधिवेशनमा यस्तो दृश्य देखिएको हो । फोरम अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि बनेका थिए, अध्यक्ष थिए उनका छोरा अमरेन्द्र ।

कार्यक्रममा राणा र राजाहरुले परिवारमात्र हेर्दा देश विकास नभएको बताए जबकी उनकै पार्टीका कार्यकर्ताले उनीमाथि परिवार मोह देखाएको आरोप लगाए ।
अधिवेशसनबाट अमरेन्द्र बाबु अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिका अध्यक्ष चुनिएका छन् । उपेन्द्र २ महिनाअघि छोरालाई महानगरपालिका संयोजक बनाएका थिए ।

परिवारवाद हावी भएको भन्दै एउटा खेमा भने असन्तुष्ट बनेको छ । छोरालाई निर्विरोध बनाउन लागे पनि अर्काे समूहले समीर कमरलाई उम्मेदवार बनाएको थियो । अमरेन्द्रले २२ मत बढी ल्याएर अध्यक्ष जिते भने

तत्कालीन फोरमका नगर अध्यक्ष समिम कमरले ९० मत ल्याएका छन् ।