चाडै देशका मुख्य सहरमा बिजुली बस

सरकारले काठमाडौंसहित देशका ठूला सहरमा चाडै विद्युतीय बस चलाउने योजना बताएको छ । यसका लागि ३ सय विद्युतीय बस किन्न मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रियासमेत थालिसकेको छ ।

विश्व हरित वृद्धि संस्था जिजिजिआइसँग सम्झौता गर्न सोमबार बबरमहलस्थित वन विभागमा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताए ।

जिजिआइका महानिर्देशक फ्रान्क रिज्स्वेर्मन र साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले कार्वन उत्र्सजन न्यूनिकरण गर्न र स्वच्छ वातावरण निर्माणका लागि विद्युतीय यातायातमा जानुपर्ने बताए ।

सो अवसरमा जिजिजिआइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, साझा यातायात र महालक्ष्मी नगरपालिका प्रतिनिधिबीच विद्युतीय यातायात र हरित सहर प्रवद्र्धन गर्नेसम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

जिजिजिआइ संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मूनको प्रयत्नमा स्थापित अन्तरसरकारी संस्था हो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।