नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैधले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट हुनै नसक्ने बताएका छन् । आईतबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले काठमाडौँमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विप्लव समूहको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने लगाउनेहरु कम्युनिष्ट हुनै नसक्ने बताएका हुन् ।
उनले विप्लवमाथि प्रतिबन्ध लगाउनु सरकारको ठुलो गल्ती भएको उनको तर्क छ । बैधले ओली सरकारले देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको समेत उनले आरोप लगाए । उनले कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको बताउँछन् ।






