सन्दीपको दिल्ली आज विराटको बैंगलोरसँग भिड्दै

आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दै छ ।

दुवै टिमका लागि आजको खेल जित्नै पर्ने देखिन्छ । अहिलेसम्म खेलेका ५ खेलमा सबै खेलमा पराजित भएको बैंगलोरले यस खेलमा जित हासिल गरेर प्रतियोगितामा बनिरहन प्रयास गर्ने छ भने दिल्लीले ५ खेलमा ३ खेलमा हार बेहोरेकाले यस खेलमा जित हासिल गरेर प्रतियोगितामा आफ्नो लय पाउन चाहन्छ । 

यस आइपिएलमा कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बैंगलोर लय विहिन देखिएको छ ।  पछिल्लो खेलमा कोल्कोताले अन्तिम ४ ओभरमा ७५ रन बनाउनुपर्ने स्थितिमा बैंगलोरले सो रन डिफेन्ड गर्न नसक्दा कोहली निराश बनेका छन् । बैंगलोरले २०५ रन बनाउदा पनि खेल नजितेपछि उनले अब जित्नलाई कति रन बनाउनु पर्ने हो भन्नेमा आफु कन्फ्युज भएको प्रतिक्रिया दिएका छन् । 

त्यस्तै दिल्लीका पछिल्ला खेल पनि निराशाजनक रहेका छन् ।  दिल्लीको ब्याटिंग त्यति सुखद हुन् सकेको छैन । शिर्ष क्रमले जिम्मेवारीपूर्ण रन नबनाउदा पछिल्लो खेलमा सनराइजर्सविरुद्धको खेलमा हार बेहोर्नु परेको थियो ।  त्यस्तै त्यसअघिको खेलमा पनि ८ रनको बीचमा ७ विकेट गुमाएर दिल्लीले निराशाजनक प्रदर्शन गरेको थियो । 

यसरी पछिल्ला प्रदर्शन हेर्दा दिल्ली र बैंगलोर दुवैले यस प्रतियोगितामा आफ्नो लय भेटाउन सकेका छैनन् । 

खेलाडीको प्रदर्शन :

दिल्लीका लागि सर्वाधिक रन रिषव पन्तले बनाएका छन् । पन्तले ५ खेलमा १५८ रन बनाएका छन् । पहिलो खेलमा मुम्बईविरुद्ध ७८ रन बनाएका रिषवले त्यसपछिका खेलमा सो प्रदर्शन दोहोराउन सकेका छैनन् । 

त्यस्तै शिखर धवनले १५२ रन बनाएका छन् । ५ खेलमा १५२ रन बनाएका शिखरको स्ट्राइक रेट केवल ११६ रहेको छ जुन टी-२० क्रिकेटमा कम हो ।  खासगरी ओपन का लागि त यो निकै कम हो ।  सुस्त रन बनाएकोमा रिक्की पोन्टिङले समेत शिखरको आलोचना गर्दै उनले रन बनाउने गति बढाउनुपर्नेमा जोड दिएका छन् ।  त्यस्तै दिल्लीबाट कप्तान श्रेयस ऐयरले १४८ रन बनाएका छन् बहने उनको पनि स्ट्राइक रेट केवल ११८ रहेको छ । त्यस्तै पृथ्वी शाले १४१ रन बनाएपनि एक खेलमा ९९ रन बनाएका थिए । उनले छिटो रन बनाएपनि उनको प्रदर्शनमा निरन्तरताको अभावले दिल्लीले राम्रो रन बनाउन सकिरहेको छैन ।

रोयल च्यालेन्जर्स बैंगलोरका लागि पार्थिव पटेलले सर्वाधिक १६३ रन बनाएका छन् । त्यस्तै विराट कोहलीले १६२ र एबी डेभिलियर्सले १५६ रन बनाएका छन् । पछिल्लो खेलमा कोहली र डेभिलियर्सले उत्कृष्ट रन बनाएका थिए ।

त्यस्तै बलिङतर्फ दिल्लीका लागि कगिसो रबाड़ाले सर्वाधिक ७ विकेट लिएका छन् । रबाड़ाले ५ खेलमा ७ विकेट लिएका छन् । त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछाने, क्रिस मोरिस र इशान्त शर्माले ३-३ खेलमा ४-४ विकेट लिएका छन् ।

त्यस्तै बैंगलोरका लागि युजवेन्द्र चहलले अहिलेसम्म ९ विकेट लिदै अहिलेसम्म यस सिजनमा धेरै विकेट लिने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका छन् । चहलले ५ खेलमा ९ विकेट लिएका हुन् ।

त्यस्तै बैंगलोरबाट मोहमद सिराजले ५ खेलमा ४ विकेट लिएका छन् ।

प्लेइङ एघार :

दिल्लीले पछिल्लो खेलमा तीन खेलाडी परिवर्तन गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन । तरपनि यस खेलमा खेलाडी परिवर्तन हुने सम्भावना कम रहेको छ । सन्दीपले पावरप्लेमा कम रन दिएर बलिङ गरेकाले उनको खेल्ने सम्भावना बढी नै छ भने अन्य राहुल टिबातियाले पछिल्लो खेलमा इकोनोमिक बलिङ गरेकाले दिल्ली स्पिनरमा सन्दीप र राहुललाई नै खेलाउने देखिन्छ । 

दिल्लीको सम्भावित प्लेइङ ११ : श्रेयस ऐयर (कप्तान) पृथ्वी शा, रिषव पन्त, शिखर धवन, कोलिन इन्ग्राम, सन्दीप लामिछाने, राहुल टिबातिया, क्रिस मोरिस, अक्सर पटेल, इशान्त शर्मा, कागीसो रबाड़ा ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरमा भने धेरै परिवर्तन हुने सम्भावना देखिदैन तर वाशिंटन सुन्दरले यस खेलबाट सिजन डेभ्यु गर्ने सम्भावना रहेको छ । सुन्दर २०१७ मा धेरै विकेट लिने खेलाडीको सुचीमा पाचौं स्थानमा थिए ।

बैंगलोरको सम्भावित ११ : विराट कोहली (कप्तान), एबी डेभिलियर्स, पार्थिव पटेल, मार्कोस स्टोइनिस, मोइन अली, टिम साउथी, नवदीप सैनी, युजवेन्द्र चहल, उमेश यादव, पवन नेगी र आकासदीप नाथ ।