पोखरामा लायन्सको चुनावी रौनक

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं महाधिवेशन आउन करिब ३ साता बाँकी छ । १ महिना अघिदेखि महाधिवेशनको चहलपहल भएको पोखरामा यतिबेला तातेको छ । आयोजक संस्थाहरूले महाधिवेशनको तयारी तीव्र पारेका छन् भने भावी गभर्नर बन्न कस्सिएका उम्मेदवार दौडधूपमा छन् ।

उम्मेदवार आआफ्ना घोषणपत्र लिएर लायनसंग भेटघाट गरेर समर्थन माग्न सक्रिय छन् । भावी गभर्नर बन्ने दौडमा रहेका उम्मेदवार दुवै पोखराका भएकाले चासोको रुपमा हेरिएको हो । यसले लायन्सका अगुवा नेताहरूलाई टाउको दुखाइ बनेको छ । उनीहरू सर्वसम्मत नेतृत्व चयनमा प्रयासरत छन् ।

लायन्स क्लब अफ पोखरा गण्डकीको संयोजनमा महिला मात्रै सदस्य रहेका पोखरा क्षेत्रका २६ वटा क्लबको आयोजनामा महाधिवेशन हुन लागेको हो । पर्यटकीय नगरी पोखरामा वैशाख १३ र १४ गते हुने महाधिवेशनको तयारी तस्व्र बनाइएको संयोजक डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ विमला श्रेष्ठले जानकारी दिइन् ।
महाधिवेशनमा ३ हजार भन्दा बढी लायन्स लिडर तथा सदस्यको रजिष्टे«सन हुने अपेक्षा गरेको उनले बताइन् ।

‘पर्यटकीय नगरी पोखरामा लायन्सको महाधिवेशन हुँदैछ,’ श्रेष्ठले भनिन्, ‘देशभरबाट लायन्स सदस्य पोखरा आउने हुँदा महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास लिएका छौं ।’ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा महाधिवेशन हुनेछ । ‘पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाउनेछौं,’ उनले भनिन्, ‘महाधिवेशन सफल पार्न सम्पूर्णको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महिला क्लबहरूको व्यवस्थापनमा हुने महाधिवेशन ऐतिहासिक हुनेमा आफू विश्वस्त रहेको बताए । डिष्ट्रिक्टको अबको नेतृत्व महिलाले नै लिने सन्दर्भमा महिलाकै आयोजनामा महाधिवेशन सम्पन्न हुनु गौरवको विषय भएको श्रेष्ठले धारणा राखे । महाधिवेशन लायन्सका लागि मात्रै नभइ पोखरा क्षेत्रकै लागि गौरव गर्न लायक हुने उनले बताए ।

महाधिवेशन सफल पार्न विभिन्न २६ वटा विभिन्न उपसमितिहरु बनाइएको मूल आयोजक समितिका सचिव तथा रिजन चियरपर्सन विधाता श्रेष्ठ द्वाले जानकारी दिइन् । सम्पूर्ण उपसमितिले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महाधिवेशन आयोजक समितिका कोषाध्यक्ष तथा जोन चियरपर्सन विन्दुु श्रेष्ठले जानकारी दिइन् ।

महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उनीहरू दुवैले ‘एस’ मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा विशेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

विमला श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन विधाता श्रेष्ठ द्वाले गरेकी थिइन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिमला भण्डारी लगायतले बोलेका थिए ।