नेपालमा यस्तै तदर्थबादी बिपद ब्यवस्थापन पद्दति कहिले सम्म जारी राखिरहने?
नेपाल ठूला ठूला बिपद आईरहने मुलुक हो नि । यसका लागि राहत र उद्दारका दृष्टिले मात्र काम गर्दा कुनै प्रभावकारिता आउने कुरै हुदैन । यसका निम्ति तुरून्त बिज्ञहरू, प्राविधिक, सेना, प्रहरीहरू सम्मिलित अत्याधुनिक लजिष्टिक र प्रविधिसुबिधा सहितको प्रम मातहत स्थायी बिपद रिस्पोन्स र अध्ययन केन्द्र जस्तो सशक्त संस्था गठन गरिहाल्नुपर्छ । गृह मन्त्रालयका कर्मचारीलाई बजेट खेलाउन, ईमरजेन्सी परेपछि तात्न र कुनै बैदेशिक तालिम वा प्रशिक्षणको अवसर आए बेसरोकार तिनले नै हानथाप गर्दै चप्काउने, अवसर कब्जा गर्ने आजसम्मको कुरिती अब कायम रहन हुदैन ।
बाढी, पहिरो, ऑधीबेहरी, भुकम्प, आगलागी जस्ता नियमित आईरहने, हजारौं मानिस र गाउसहर अस्तब्यस्त पार्ने प्रमूख जटिल बिपतहरू यस्ता कामचलाउ पाराले ब्यवस्थित गरेर हुदैन। यसमा बैज्ञानिकता, ब्यावसायिक दक्षता, प्रविधिक र सुरक्षाका कोणबाट सुब्यवस्थित गर्नुपर्छ है , चानचुने पाराले हुदैन भनेर दशकौं देखि चिच्याउदा पनि किन कानमा बतास नलागेको होला नेताहरूको ! बिपत आयो, केही पैसा राहत बाड्यो, भावनामा बग्यो, खेल्यो , अनि भुल्यो ; फेरी अर्को विपत आयो, फेरि उही चक्र दोहरायो, मूर्ख बन्यो, यसरी नै सधैं लोलोपोतो गर्यो , युग बितायो ।
हामीलाई सधैं मूर्ख बन्न किन कति रमाईलो लागिरहेको होला! अब त जाग सरकार अति भयो! गंभीर प्राविधिक पूर्वतयारी र व्यवस्थापनका कामकुरा नेताहरूको भाषण र राशन बितरण जस्तो हुदैन, यसमा डेडिकेशन र बिज्ञतासहितको सशक्त स्थायी संस्थाको अति खॉचो हुन्छ ।
नेपाल मात्र हैन बिश्वमा कतै पनि बिपतको घटना हुँदा मन दुख्छ र सहयोग गर्ने चाहना भैहाल्छ । म बिपतमा भावनात्मक भन्दा बस्तुगत यथार्थमा बढी गम्भीर हुन चाहन्छु । राहत र चन्दा दिनकै लागि हानथाप गर्न चाहन्न । म बिपत व्यवस्थापनको ठोस संस्थागत व्यवस्था र भीजनअनुसारको कार्यक्रममा ठोस सहयोग गर्न चाहन्छु । भावनामा हैन, समस्याको सुव्यवस्थित दिगो समाधानका लागि संस्थागत व्यवस्था गर्ने अभियानमा आर्थिक वा अन्य सहयोगमा हात बटाउन चाहन्छु । भिडमभीड-ठेलमठेल गर्दै चन्दा दिन वा राहत दिनमा मेरो रूचि हुने गर्दैन । हरेक बिपतमा प्रधानमन्त्री राहत कोशमा विगत ३२ वर्षदेखि कर्मचारीको हैसियतले केही दिनको तलब दान दिदै आएको हुँ । तर त्यसले सरकारको बिपत व्यवस्थापन गर्ने क्षमता र संस्थागत क्षमता स्थापित गर्ने दिशामा आजसम्म कुनै सिन्को भाचियो जस्तो लागेन ।
संस्थागत संयन्त्र र अतियाधुनिक प्रविधि र सुविधासम्पन्न योग्य जनशक्ति सहितको निकायहरू गठन गर्न र बरू यसका लागि जनतासंग चन्दा वा दानको अपिल गर्न सरकारसंग अनुरोध गर्दछु। भावनाकै भरमा मुलुक चलाउन खोज्नु अक्षमता हुन जान्छ । ठोस बस्तुगत नीति योजना कार्यक्रम बजे र संस्थाको घोषणा होस् ।





