पोखरा-२२ स्थित छोरेपाटनदेखि बिश्वशान्ति स्तुप हुँदै उल्लेरीकुभिन्डेसम्म खनिएको कच्ची मोटरबाटो आर्थिक बर्ष २०७३/७४ मा केन्द्रिय सरकारबाट ८ करोड १२ लाख रुपैयाँमा ४ किलोमीटर बाटो पक्कापिच गर्ने टेन्डर भएर ठेक्का लागे पनि अहिलेसम्म काम अघि बढन सकेको छैन । ठेकेदार कम्पनी शंकरमाली निर्माण सेवा प्रा.लि,काठमाडौले उक्त बाटो निर्माणका लागी पहिलो ठेक्का लिएको थियो ।
कम्पनीका प्रबन्धक शंकर मालीले पुनः सो ठेक्का बुद्दी थापालाई निर्माण सम्पन्न गर्ने भनी जिम्मा लगाएका थिए । कम्पनीले सुरुमा १.५ किलोमीटर बाटोमा नाला बनाउने ,सडक फराकिलो गराउने,पहिरो जाने ठाउँमा पर्खाल लगाउने काम गरेको थियो । कोदि स्थित स्थानीय गोम बहादुर लामिछानेको घर ६ मीटरको मापदण्डमा परेको भन्दै भत्काएको पनि थियो । बीचमा निर्माणका कार्य बिभाजन गरि फेरि साना ठेकेदारलाई बेची नाला,पर्खाल निर्माण आदि गरेको थियो ।
२१ महिनामा सम्पुर्ण निर्माणकार्य सम्पन्न गरिने भनी सम्झौता गरिएको भएता पनि म्याद सकिदासम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन । दिनौ जसो विभिन्न कार्यलयमा धाइरहेका चिन्ताजनक स्थानीय भन्छन् ,”बजेट निस्कासन समयमै नभएको हो या घुसपैठ गर्न नपाएकोले ढिलासुस्ती गरिएको या निर्माणकार्यमा कार्यलय र कर्मचारीले नै नगर भन्यो ” भन्ने अन्योलमा परेका छन् र उक्त विषयमा विभिन्न ठाउँमा झक्झकाउन पनि थालेका छन । २०५४ सालमा कृष्ण प्रसाद गुरुङको संयोजकत्वमा छोरेपाटनदेखि बाटो खन्न सुरु गरिएको थियो ।
२२ बर्ष अधि खनिएको कच्ची सडकमा बजेट छुट्टीएर सधै जहाँ बढी खर्च हुन्छ त्यही भिताभिति फोर्न लगाउनु,समितिका सदस्यले बाटोको माटोढुङ्गा बेचेर खानु र काम हुन नसक्नुमा ठेकेदारले चारै ठाउँमा हात हालेर कुनै पनि कार्यहरु सम्पन्न नगर्नुको तात्पर्य, बाटो निर्माण समितिले सम्बन्धित निकाय एवं ठेकेदारलाई समयमै दबाब दिन नसक्नु हो । बाटो निर्माणकार्य छिटो सप्पन्न गर्न दबाब दिने उदेश्यले समाजका विभिन्न सस्थामा आबदित बुद्धिजीवी,समाजसेवि,भद्रभलाद्मीका संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । समितिले निर्माणका बारे आपत्ति जनाउँदै निर्माणकार्य छिटो भन्दा छिटो सम्पन्न गर्न, सडक डिभिजन कार्यलय र भौतिक पुर्बाधार बिकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।





