बारा-पर्सा लगायतका जिल्लामा भिषण हावाहुरीमा परि २८ जना भन्दा धेरैको मृत्यु भएको अनि ४०० बढी घाइते भएको छ । ज्यान गुमाउनु भएका सबै प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्छु । यस अत्यन्त दु:खद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् । यस्ता बिपत प्रबिधि सम्पन्न बिकशित देसमा समेत कहिले काही हुन्छन । तर मलाइ बुझ्न मन लागेको कुरा, यति ठुलो हावा हुरी आउदै थियो भन्ने पूर्वानुमान भएको थियो कि थिएन ? उक्त कुरा जनता लाइ जानकारी थियो कि थिएन ? ठुलो जनधनको क्षति हुन् सक्ने बिधम्सकारी वर्षा – हुरी जस्ता बिपत को भबिश्यबाणि गर्न सकिने प्रबिधि हाम्रो देसमा जडित छन् कि छैनन् ?
पूर्वानुमानको जानकारी नभएको पनि हुन सक्छ । जानकारी भए पनि जनता सचेत नभएका, सुचना सबै माझ नपुगेको पनि हुन सक्ला । अनि केहि बस्तिमा भएका घर – संरचना नै कच्ची भएकाले सुरक्षित हुइञ्छ भनेर भर परेका आफ्नै घरले नै थिचेको पनि हुन सक्छ । सायद केहि दिनमा थप विवरण प्राप्त होला । मौसम पुर्वानुमान गर्ने आधुनिक प्रणाली जडित गर्ने, उक्त सुचना यथासिघ्र सबै जनता माझ रेडियो, टिभी, मुबाइल मार्फत पुर्याउने, बलियो संरचना बनाउने, जनताले पनि सरकार ले दिएको सुचनालाइ बेवास्था नगर्ने हो भने धेरै मानबिय क्षति सहजै न्यूनीकरण गर्न सकिन्छ । आसा गरौ यो घटना बाट सरकार, समन्धित निकाय, मिडिया, जनता सबैले पाठ सिक्ने छौ ।
२०७२ सालको विनासकारी भुकम्प केहि बर्ष अघि हामि ले भोगी सकेका छौ तर सरकार र जनताले अझै पनि पाठ सिकेको देखिदैन
‘संसारमा प्राकृतिक प्रकोप (खतरा) हरू हुन्छन तर प्राकृतिक विपद भने हुदैनन् । प्रकृतिका कारण नभई मानब र उनि हरु कै क्रियाकलापका कारण जनधनको क्षति हुने गर्छ ‘ भन्ने धारणा प्राकृतिक प्रकोप अध्यन गर्ने धेरै अध्यता हरुको हुने गरेको पाइन्छ । उनिहरुको तर्क धेरै हद सम्म मलाइ पनि जायज लाग्छ ।उदाहरणका लागि प्राकृतिक रुपमा साना भुकम्प हरु दैनिक रुपमा आउने गर्छन तर जब सम्म कुनै मानबिय क्षति हुदैन, त्यस प्रकोप लाइ प्राकृतिक विपद भनिदैन । तथापि कतिपय प्राकृतिक प्रकोपको जोखिम बाट बच्ने उपाय लगभग न्यून भएकाले उनिहरुको तर्कमा पूर्ण सहमत भने छुइन । जस्तै, भुकम्प प्रतिरोधी संरचना बाट भुकम्प बाट हुने क्षति धेरै हद सम्म न्यूनीकरण गर्न सकिन्छ तर ठुलो भुकम्पका कारण आउने सुनामी बाट हुने क्षति न्यूनीकरण गर्न धेरै कठिन हुन्छ ।
प्राकृतिक प्रकोप लाइ प्राकृतिक बिपत मान्ने हो मानबिय बिपत भन्ने बौद्धिक बहसको कुरा आफ्नो ठाउमा छ तर धेरै प्राकृतिक प्रकोप बाट हुने ठुलो जनधनको क्षति भने न्यूनीकरण गर्न सकिन्छ भन्ने प्रमाणित तथ्य हो । जस्तै, जापान लगायतका देसमा धेरै ठुला भुकम्प जाने गर्छन तर उनि हरु को भुकम्प प्रतिरोधी संरचनाका कारण ठुलो जनधनको क्षति हुदैन । साथै, भुकम्प लगायतका बिपत आउनु अघि र आउने बित्तिकै जनता लाइ सुचित र सचेत गर्ने प्रबिधि हरु जडान गरिएको हुन्छ । ठिक बिपरित, नेपालमा ठुलो भुकम्प बारम्बार आउने हो भने अपबाद बाहेक सबै संरचना भत्किएर ठुलो जनधनको क्षति हुन्छ किनकि अधिकांस घरहरु भुकम्प प्रतिरोधी छैनन् ।
२०७२ सालको विनासकारी भुकम्प केहि बर्ष अघि हामि ले भोगी सकेका छौ तर सरकार र जनताले अझै पनि पाठ सिकेको देखिदैन । ‘यो नालायक कम्युनिस्ट सरकारले यत्रो जनधनको क्षती हुने हावाहुरि र पानी किन रोक्न सकेन ? यस्को जिम्मेवारी प्रधानमन्त्री केपी ओलि र प्रचण्डले लिनु पर्छ’ भन्दै केहि अरिंगाल साथि हरु जनधनको क्षति हुनु सामान्य हो, प्राकृतिक हो भन्दै उफ्री रहेका छन् । भुकम्प, बाढि, हुरी लगायत प्रकोप बाट ज्यान गुम्नु भनेको उनि हरु को भाग्यको कुरा हो भन्ने तर्क राख्ने पनि धेरै पाइन्छ ।
आज को बिज्ञान र प्रबिधि को युगमा यस्ता हावादारी कु-तर्क गर्ने हरु लाइ बुझाउन कठिन छ । सरकारले निश्चित मापदण्ड अनुसार को जोखिम न्यूनीकरण हुने गरि मात्रै घर – टहरा बनाउन अनुमति दिनु पर्छ, जोखिम युक्त घर भत्काउनु वा मर्मत गर्नु पर्छ, अटेर गरेर जोखिम युक्त घर बनाउने र बनाउने अनुमति दिने लाइ समेत दण्डित गर्नु पर्छ भन्ने कुरा अरिंगाल साथिहरु ले कल्पना समेत गर्न सक्दैनन् । बिपत भए पछि उद्दार र राहत मा खटिनु नै पर्छ तर सके सम्म बिपत हुन् नदिन का लागि पुर्ब तयारि गर्नु पर्छ भन्ने बुद्धि समेत अधिकांस नेता र उनि हरु का अरिंगाल सल्लाहकार संग छैन । उनिहरु लाइ नेताले भ्रस्टाचार गरेको पैसामा डुबुल्कि खेल्न र भ्रस्ट नेताहरु को अंग रक्षक बन्न बाट फुर्सद पनि छैन ।
अहिलेका प्रधानमन्त्री केपी ओलीले केहि वर्षा पहिला देउबा नेतृत्वको सरकारको पालामा प्राकृतिक बिपत, दुर्घटना लगायत कारण धेरै जनधनको क्षति भएको तिर लक्षित गर्दै अलछिना सरकार भनेका थिए । ओलीको जस्तो छुद्र र हावादारी कुरा गर्न मेरो नैतिकता र बौद्धिकताले पनि दिदैन । तथापि अधिकांस प्राकृतिक प्रकोप बाट हुने क्षति भने न्यूनीकरण गर्न सकिने भएकाले ओली सरकार लाइ अब गफ चुट्न छोडेर काम गर्न बिनम्र अनुरोध गर्छु ।