प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पश्चात् जनताले नेपाल कम्युनिस्ट पार्टीलाइ रास्टृय राजनितीमा दुई तिहाइको सरकार निर्माण गर्न सक्ने तागत दिएर पठाए। समृद्धिको बाचा गर्दै जनताको सुख र गाउँगाउको बिकासको ठेक्का लिएको कम्युनिस्ट पार्टीले आज सरकारको यात्रा प्रारम्भ गर्दैगर्दा नियमविपरीतका कर्महरुलाइ प्रोत्साहन दिदै भ्रस्टाचारको बृहत्तर बिकासमा जोड दिएको छ । सरकारी यात्राको शुरूवात देखि नै निर्मला हत्याकाण्डको बलात्कारी संरक्षण, ३३ किलो सुन तस्करको संरक्षण, वाइडबडिको घोटाला प्रकरण,सिके राउत सङ्गको रास्ट्रघाती सम्झौता लगायतका विभिन्न बिसयहरुमा आलोचित कम्युनिस्ट सरकार आज जनताको नजरबाट गिर्दै गइरहेको छ।
यी विभिन्न खाले जनताबिरोधी र रास्ट्रबिरोधी गतिविधिहरुका बिरुद्द सरकारलाई झक्झक्याउनका निम्ति प्रतिपक्षमा बसेको काङ्ग्रेस आन्तरिक किचलोमा रुमलिएको र गुटबन्दीमै रमाइरहेको छ। देशैभरी आफ्ना भात्री संगठनलाइ चुस्त र दुरुस्त बनाएर अगाडि बढाउन समेत नभ्याएको काङ्ग्रेसले सरकारका गलत गतिविधिलाइ जनतासामु छर्लङ्ग बनाएर कम्युनिस्टहरुले पारेको भ्रमलाई कसरी चिर्ला रु पार्टीभित्र चाकडिबाद,नाताबाद र कृपाबाद भित्रै प्रतिस्पर्धामा उत्रिने काङ्ग्रेस नेता कार्यकर्ताहरु बिना संगठन चुनाव जितिन्छ भन्ने मनोकाङ्छाले उत्प्रेरित हुँदै काङ्ग्रेसका नेताहरु टिकटको होडबाजीमा उत्रने कुरा कुनै नौलो होइन ।
पुरानो पार्टी हो(बिपिले निर्माण गरेको हो भनेर,बिपिको सिद्धान्त मात्रै भजेर जनता केन्दृत नहुन सक्दा आज काङ्ग्रेसले देशैभरी हार व्यहोर्नुपरेको छ । बिना संगठन र बिना एजेन्डाको कारणले पराजित हुनुपर्ने अनुभव पछिल्लो चुनावले पनि दिएको छ, त्यसपश्चात पनि भात्री तथा शुभेच्छुक संघसस्था गतिशील बनाउनका निम्ति कुनै पनि मेहेनत खर्च नगरेको काङ्ग्रेसले जनतामाझ लोकपृय हुन कुनै एजेन्डा पनि प्रस्तुत गर्न सकेको छैन ।
बिना संगठन र बिना एजेन्डाको कारणले पराजित हुनुपर्ने अनुभव पछिल्लो चुनावले पनि दिएको छ
एउटा यात्रीले सम्बन्धित गन्तव्यमा पुग्नका निम्ति दुइवटा बाटो मध्ये कुनै एक रोज्नुपर्ने छ । अहिले हिडिरहेको बाटो अप्ठ्यारो बन्यो अर्को बाटो मर्मत गर्नुपर्ने छ, कम्युनिस्ट सरकार सङ्ग असन्तुष्ट बनेका जनता आज काङ्ग्रेसलाई रोजिहाल्न पनि सकेका छैनन्। जनता कसैका स्थायी मतदाता होइनन,गतिशील छन । रोजाइमा पर्न जनता केन्द्रित एजेन्डाहरु लिएर आउनुपर्छ, हिंसात्मक द्वन्द्वबाट देश र जनतालाइ तहसनहस बनाएको माओवादी र देशलाई निकास र बिकास दिनको निम्ति कुनै पनि मेहेनत नखर्चेको एमालेको पार्टी एकताको सन्देशसहित चुनावी मैदानमा होमिएका कम्युनिस्टहरुले चुनाव जितेर सरकार बनाइसके पछाडि जनताबिरोधी र रास्ट्रघाती कदमहरु चालिरहदा हिजो जनताका दमनका विरुद्ध अधिकार प्राप्तिका हरेक लडाइँ लड्ने क्रममा पन्चायत ,राणा र राजालाई राज्य सत्ताबाट उन्मुक्ति दिलाउदै लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपालको संविधान(२०७२ को सम्मको यात्राको अगुवाइ गरिरहेको काङ्ग्रेस आज प्रतिपक्षमा रहदा सरकारका गलत यात्राका बिरुद्द जति बोल्नुपर्ने थियो त्यो बोल्न सकिरहेको छैन,जनतामाझ पुर्याउन कार्यकर्तामा उत्साह छैन । भात्री तथा शुभेच्छुक संघसस्थालाइ स्थायी बन्ध्याकरण गरेर राखिएको छ ।
प्रत्येक नेतालाइ आफ्ना स्वार्थ अनुसार पार्टी संचालन गर्न परिरहेको छ, भोलि जनतमाझ कम्युनिस्ट सङ्गसङै मत माग्न जादा के भनेर मत माग्ने भनेर कुनै पनि नेताले गम्भीर रुपमा नसोचेको यो बेलामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको पराजय पश्चात् आज फेरि एनसेल कर, पोखरा अन्तरास्ट्रिय विमान स्थल, वाइडबढी विमान खरिद लगायत अन्य थुप्रै भ्रष्टाचार काण्डमा मुछिएका तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधन पछाडी कास्की क्षेत्र न २ मा उप(निर्वाचनको चर्चा चलिरहेको छ ।
प्रतिनिधि सभा निर्वाचन(२०७४ मा मन्त्री रविन्द्र अधिकारी सङ्ग काङ्ग्रेसले नेता देबराज चालिसे लाई भिडाएको थियो, हालसम्मको राजनितिमा कुनै पनि दाग नलागेको कारणले उप(निर्वाचनमा पनि नेता चालिसे नै उम्मेदवार बन्नुपर्ने एकथरी नेता कार्यकर्ताको आवाज छ । तर टिकटको दौडधुपमा भने नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट यदाकदा बामदेब गौतमको चर्चा सुनिएपनी मन्त्री अधिकारीकै श्रीमती बिधा भट्टराई नै उम्मेदवार हुने लगभग निश्चित भएको कुरा कम्युनिस्ट कार्यकर्ताहरु बताउछन् ।
विद्या भट्टराईको राजनैतिक जिवनको शुरूवात अनेरास्ववियुबाट भएको भएतापनी हाल प्रध्यापन पेशामा संलग्न भट्टराई कास्की क्षेत्र न २ का लागि भने नयाँ अनुहार नै हुन् । भट्टराईका आशुलाइ मात्रै हैन उनको क्षमताको हिसाबकिताब गरेर मात्रै मत दिइने कुरा मतदाताहरुले बताएका छन । यता काङ्ग्रेसको तर्फबाट पनि कसलाई उम्मेदवार उठाउने भन्ने विषयको सरगर्मी बढेको देखिन्छ । टिकटको दौडधुपमा नेताहरू देबराज चालिसे, शोभियत बहादुर अधिकारी, पुर्व माननीय शारदा पौडेल, महासमिती सदस्य गुरु बराल, नेपाली काङ्ग्रेस कास्कीका जिल्ला कोसाध्यछ लछ्मी पाण्डे, सह(सचिब रंगिला आचार्य, कास्की क्षेत्र न २ का सभापति बिजयराज आचार्य, नेता बिरेन्द्र बिजुक्छे र आनन्द बतास समेत रहेको चर्चा सुनिएको छ ।
तर काङ्ग्रेसका अधिकाङ्स कार्यकर्ता भने यसपालिको उम्मेदवारलाई केन्द्रिय नेताहरूले मात्रै पठाएर चुनाव नजितिने, सम्बन्धित क्षेत्रका काङ्ग्रेस कार्यकर्ताहरू, शुभेच्छुक संघसंस्था र काङ्ग्रेस समर्थक बुद्दिजिविहरुको समेत उपस्थितिमा बृहत भेलाको राय र सुझावका आधारमा क्षेत्रीय समितिको सिफारिस अनुसार केन्द्रले टिकट दिनुपर्ने बताउछन् । यो उप(निर्वाचन कास्की क्षेत्र न २ को मात्रै नभईकन सिङ्गो काङ्ग्रेस र कम्युनिस्ट बिचको लडाइँको विषय बनेको छ, भ्रस्टाचारलाई आशुले पखाल्न सक्ने सम्भावना बोकेको यो चुनावमा अब मतदाताले आशुलाइ हैन, उम्मेदवारको क्षमतालाई हेरेर मत दिनुपर्ने बेला आएको छ।
बास्तोला नेविसंघका नेता हुन् ।




