कस्तो कामदार कसरी लैजान्छ जापानले ?

- नेपाल-जापान श्रमिक सम्झौता हुँदै

नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुने भएको छ । सोमबार २ देशबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो ।

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

समझदारी कार्यक्रममा सहभागिता जनाउनका लागि जापानको श्रम मन्त्रालयका अधिकारीसमेत नेपाल आइसकको छन् । समजदारी पत्रमा जापानले नेपाली कामदार आपूर्ति गर्न सक्ने र कामदारको हकहितका विषयहरू उल्लेख गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले नेपालखबरलाई जानाकारी दिए ।

सोमबार हुने समझदारीमा कामदारको हकहितका कुराहरूदेखि कामदारले पाउने सेवा सुविधाका कुराहरू समेत उल्लेख गरिएका छन् । जुन अन्तर्राष्ट्रिय स्तरमा कामदारले पाउने सेवा सुविधा नेपाली कामदारले पाउने पाउनु पर्ने उल्लेख छ ।

यसैबीच नेपालले कुन मोडलबाट कामदार ठिाउने भन्ने विषयमा समझादरी पत्रमा उल्लेख केही उल्लेख नगरिएको प्रवक्ता रेग्मीले बताए । ‘म्यानपावर कम्पनीमार्फत कामदार लाने वा सरकारले नै कोरिया मोडलमा पठाउने बारेमा चाहिँ पछि नै तय गरिन्छ’, उनले भने ।

नेपाललले जापानसँग कामदार आपूर्तिसम्बन्धी पहिलो समझारी गर्न लागेको छ । यो समझादारी पछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने उनले जानाकारी गराए । जापान सरकारले गत ४ महिना अघि सार्वजनिक गरेको सूचनामा १ अप्रिलदेखि वृद्धवृद्धाको स्याहार-सुसार, कृषि, निर्माणसहितका १४ वटा क्षेत्रमा १८ वर्ष पुगेका करिब ४ लाख विदेशी कामदार भित्र्याउने जनाएको थियो ।

जापान सरकारले नेपालसहित भीयतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, मंगोलियाबाट ५ वर्षको अवधिमा ४ लाख कामदार भित्र्याउने जनाएको थियो । निजी क्षेत्रको आवश्यकताअनुसार कामदार थप्न सक्ने समेत जनाएको थियो । सोही अनुसार जापानले नेपालसँग कामदार आपूर्ति समझदारी गर्न लागेको हो ।