पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष बलात्कार आरोपमा पक्राउ


१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष सुन्दरकुमार श्रेष्ठ पक्राउ परेका छन् । छिमेकमा घरेलु कामदारको रुपमा कार्यरत ती किशोरीलाई नै यौन दुर्व्यवहार गरेको आरोपमा एनआईसी एसिया बैंक पर्स्याङ शाखाका प्रमुख सुवास सुवेदीलाई पनि प्रहरीले पक्रेको छ ।

कक्षा ८ मा पढ्दै आएकी ती किशोरीले श्रेष्ठले बलात्कार र सुवेदीले यौन दुव्र्यवहार गरेको बताएको कास्की प्रहरीले जनाएको छ ।

घटनामा पीडित पक्षबाट जाहेरी आएको मुद्दा अघि बढाउने तयारीमा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।