“अनुशासन विकास र गतिशिलता डाडागाउँ युनाइटेड क्लवको प्रतिवद्धता” भन्ने मुल नाराका साथ पोखरा – २० भलाम डाडागाउँ अवस्थित डाडागाउँ युनाइटेड क्लवद्धारा आयोजित डाडागाउँ मेला – २०७५ सम्पन्न भएको छ ।
भलिबल, रस्सा कस्सी , छेलो र विविध साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको उक्त मेला चैत्र ३ गते देखि ६ गतेसम्म संचालन भएको थियो । भलिबल तर्फ राइजिङ्ग स्टार युव क्लवले प्रथम स्थान हासिल गर्न सफल भयो भने द्धितिय स्थान डाडागाउँ युनाइटेड क्लवले आफ्नो पक्षमा पार्न सफल भयो । भलिबल खेलतर्फ राइजिङ्ग स्टारका विशाल सिङ्ग ठकुरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएका थिए । भने छेलोतर्फ उपाधि सचिन तामाङ्गले हात पार्न सफल भए । रस्सा कस्सीको उपाधि डाडागाउँ युनाईटेड क्लवले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
उक्त मेलालाई गण्डकी प्रदेशका सभासद विन्दु कुमार थापाले उद्घाटन गरेका थिय । वडा अध्यक्ष सीम गुरुङ्गले समापनका दिन विजय खेलाडीहरुलाई पुरुस्कार वितरण गरेका थिय । भने आयोजक क्लवका अध्यक्ष तेज प्रसाद गुरुङ्गले मेलामा सहयोग पु¥याउनु हुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै यस मेलाले सम्पुर्ण क्षेत्रको चौतर्फी विकासमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।




