भारतमा बलिउड , क्रिकेट र राजनितीबीच नङ र मासुको सम्बन्ध रहँदै आएको छ । भारतमा आगामी आम चुनावको माहोलमा बलिउडका केही कलाकारहरु पार्टीमा प्रबेश गरिरहेका छन् भने कतिपय कलाकार तथा क्रिकेटर पहिलेदेखि नै विभिन्न पार्टीहरुमा आवद्ध रहेका छन् । यसबीचमा भारतीय क्रिकेट टिमका चर्चित खेलाडी गौतम गंभीर भारतीय जनता पार्टी भाजपामा प्रबेश गरेका छन् । आज मात्र उनी सो पार्टीमा प्रबेश गरेका हुन् । उनलाई केन्द्रीय मन्त्री अरुण जेटलीले पार्टीको सदस्यता दिएका हुन् ।
भारतीय क्रिकेट क्षेत्रमा अमुल्य योगदान दिँदै आएका गौतम गंभीरले आफु मोदीको भिजनबाट निकै प्रभावित भएकोले भाजपामा प्रबेश गरेको बताए । उनले मिडिया सामु राजनितीमाफर्त पनि देशका लागि केही गर्न चाहेको बताउँदै उनले सोही कारण भाजपामा प्रबेश गरेको बताए । भारतलाई वर्ल्ड कप जिताउन समेत महत्वपुर्ण भुमिका खेलेका गौतमलाई चुनावमै उर्तान भने पार्टीले छलफल गर्ने जेटलीले बताए ।
उनले नवजोत सिंह सिद्धूलाई कटाक्ष हान्दै भने “कोही क्रिकेटर पाकिस्तानलाई समर्थन गर्छन् तर गौतम त्यस्ता छैनन्” । उनी हाललाई पार्टीमा मात्र प्रबेश गरेका हुन । टिकट मिलेको खण्डमा हुन सक्छ उनी चुनाव पनि लड्नेछन् । यदि त्यसो भयो भने आश्चर्य नमान्दा भने हुन्छ । किनकी भारतीय राजनिती क्षेत्रमा कलाकार वा क्रिकेटरहरुलाई आफनो पार्टीमा ल्याई चुनावी मैदानमा उतार्ने चलन नौले भने होईन ।




