साफ महिला च्याम्पियनसिप फुटबल फाइनलमा नेपाल–भारत १-१ काे बराबरीमा पुगेका छन् । नेपाल र भारतबीच भएको च्याम्पियनसिपमा खेलकाे २५औँ मिनेटमा भारतले पहिलाे गाेल गरेकाे थियाे । खेलकाे ३२औँ मिनेटमा नेपालकी साबित्रा भण्डारीले हेडमार्फत गाेल गरेर खेल बराबरीमा पुर्याइन् ।
विराटनगरको सहिद रंगशालामा सुरु भएको खेलमा नेपालले सेमिफाइनलमा खेलेका खेलाडीलाई प्राथमिकता दिएको छ ।
चौथोपटक साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाल आफ्नै घरेलु मैदानमा पहिलोपटक साफ च्याम्पियनसिपको उपाधिका लागि भिड्दै छ । ४–४–२ को फर्मेसनमा खेल्ने रणनीति बनाएको नेपाल भारतलाई पराजित गर्दै इतिहास रच्ने उद्देश्यका साथ उच्च मनोबलका साथ खेलिरहेको छ ।
साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म कुनै खेल नहारेको डिफेन्डिङ च्याम्पियन भारत पाँचौँपटक साफ च्याम्पियनसिपको च्याम्पियन बनेर आफ्नो स्थान सुरक्षित राख्ने प्रयासमा छ ।





