कालिकोटका पत्रकार कर्ण विश्वकर्मा पक्राउ परेका छन् । कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता विश्वकर्मालाई बिहीबार प्रहरीले पक्रेको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आरोपमा रेडियोको स्टुडियोमै पसेर प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो। घटनाप्रति नेपाल पत्रकार महासंले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।






