एजेन्सी-लिभरपुलका डिफेण्डर भर्जिल भान डिक प्लेयर अफ दि ईयर घोषित भएका छन् । च्याम्पियन्स लिगमा बार्यन म्युनिख विरुद्ध गोल गरेका उनी प्लेयर अफ दि ईयर बनेका हुन् । क्र्वाटरफाईनल प्रवेशको लागि दोस्रो लेगमा बार्यन म्युनिख विरुद्ध लिभरपुलले महत्वपूर्ण जित निकाल्ने क्रममा उनले व्यक्तिगत गोल गरेका थिए ।
उनी लिभरपुलका दोस्रो व्यक्ति हुन जो प्लेयर अफ दि ईयर बनेको । सन १९८९ पछि उनी पहिलो लिभरपुलका खेलाडी प्लेयर अफ दि ईयर घोषित भएका हुन् । १९८९ मा लिभरपुलका स्टेप निकोल प्लेयर अफ दि ईयरबाट सम्मानित भएका थिए ।




