होली कप टेनिसको उपाधिको लागि गोपी र विकास भिड्ने

गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित होली टेनिस कपको उपाधिको लागि गोपीबहादुर भट्टराईले विकास गुरुङसँग खेल्ने छन् । मंगलबारको सेमिफाईनल प्रतिस्पर्धामा भट्टराईले धरमबहादुर लामिछानेलाई ७–५, ७–५ को सेटले पराजित गर्दै फाईनलको यात्रा तय गरेका हुन् । विकास गुरुङले नविन चालिसेलाई ६–४, ६–४ को सेटले पराजित गर्दै उपाधिको लागि गोपी भट्टराईसँग खेल्ने निश्चित गरेका हुन् ।

डिहिकोपाटनस्थित टेनिस कोर्टमा आयोजित होल कप टेनिसमा २१ जना खेलाडीले प्रतिस्पर्धा गरेको राजन पौडेलले जानकारी दिए । प्रतियोगितामा विजेता तथा उपविजेताले ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन् । गुरुङ भिलेज टेनिस कोर्टमा वर्षेनी होलीको अवसरमा टेनिस प्रतियोगिता आयोजना गरिदैं आएको उनको भनाई थियो ।

kheladinews.com