भण्डारी नेपाली फुटबलको राष्ट्रिय जर्सीमा अन्तराष्ट्रिय मैदानमा डेब्यु गर्दै

मेहनतले मात्रै प्रतिफल दिन्छ । प्रतिफलको लागि सधै सदैवमा कडा परिश्रम गर्नुपर्छ । भनिन्छ काम गर फलको आशा नगर । तर काम(मेहनत) गरेपछि प्रतिफल अवश्य पाईन्छ ।

ठिटो भएपछि फुटबलको करियर कोर्न मैदान उत्रिएको पोखरेली ठिटो अजित भण्डारीले नेपाली फुटबलको राष्ट्रिय जर्सीमा कुबेतसँगको मैत्रीपूर्ण उत्रिदैं छन् । राष्ट्यिर जर्सीमा अन्तराष्ट्रिय मैदानमा डेब्यु गर्ने सपना बल्ल पुरा भएको छ । २५ वर्षिय ठिटो नेपाल पुलिसको डिफेण्डरबाट खेल्ने उनी अब राष्ट्रिय टोलीका भरपर्दा युवा डिफेण्डर हुन् ।

तीन वर्ष अघि उनी भारको पूणेमा भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा थिए । तर उनले जर्सी लगाएर मैदान छिर्ने अवसर भने पाएनन् । तर अहिले कुवेतसँगको मैत्रीपूर्ण खेलमा जर्सी लगाउँदै प्लेईङ लिष्टमै भण्डारी रहने छन् । कुवेतमा यही मार्च २१ र २५ तारिखमा दुई मैत्रीपूर्ण खेल नेपाली टोलीले खेल्ने छ । त्यसपछि फर्किएर फेरी विश्वकप एशियन छनोटमा सहभागि हुने उनले बताए ।

१५ वर्षको उमेरदेखि उनले फुटबलको करियर शुरु गरे । पोखरा रंगशालामा फुटबल प्रशिक्षण गर्न उनी झण्डै १३ किलोमिटर दुरीको लेखनाथ शिशुवाबाट घाम झुल्किनु अघि नै आईपुग्थे । फुटबलप्रति उनको प्यासनले अहिलेको अवस्थामा पुर्याएको हो । उनी सम्झिन्छन–‘फुटबल खेल्न धेरै ढिलो सिकें ।’ घर नजिकैको खेतबारीमा सामान्य रुपमा खेल्दै आएका उनी पोखरा रंगशालामा सहारा क्लबले शुरु गरेको प्रशिक्षणमा सामेल हुदैं फुटबलमा आफनो करियर बनाउन खुट्टालाई उदाईराखे ।

जुगाँको रेखी बस्न थालेको बेला फुटबलको प्रशिक्षण भने उनले सहारा क्लब मार्फत पाए । क्लबले एकेडेमी शुरु गरिसकेको थियो । एकेडेमीकै युवापुस्तासँग उनले फुटबलसँग जोडिए । दुई वर्ष क्लबसँग रहेर फुटबल खेले । त्यसपछि उनी ए डिभिजन खेल्न काठमाडौं हानिए । काठमाडौंमा उनले बौद्ध क्लबबाट ए डिभिजन खेल्न शुरु गरे । त्यसमा पनि उनले दुई वर्ष विताए । त्यसपछि उनी स्थायी रुपमा नेपाल प्रहरीमा प्रवेश गरे । नेपाल प्रहरीमा भर्ती भएका अजित भण्डारी पुलिस टोलीको महत्वपूर्ण खेलाडीको रुपमा रहदैं आएका छन् । पुलिसमा उनी अनुभवी डिफेन्डर हुन् । पुलिसमा उनको जर्सी नम्बर ३२ हो । जुन उनको ब्राण्ड नम्बर हो ।

तर उनले यस भन्दा अघि उमेर समूहको प्रतिस्पर्धामा भने नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय मैदानमा उत्रिसकेका छन् । उनले यु २३ नेपाल टिमबाट खेलिसकेका छन् । त्यसभन्दा अघि यु १९ बाट समेत उनले खेले । सिनियर टिममा उनको उपस्थिति पहिलो हुने छ ।

source:kheladinews