जिन्दगी यसरी फेरिन्छ

निस्पक्षता भन्दा म सत्यको पक्षधर हुं । सबै गलत कामगर्नेको म विरोध गर्न नसकुंला तर गलत गर्नेको भने म समर्थन गर्दिन । समर्थन र विरोध गर्न भरपर्दो तथ्य र विवेकको उपयोग गरिनुपर्छ, मिडियामा आउने सबै कुरा सत्य हुदैनन् , बरू अधिकॉश ती अर्धसत्य हुने गर्छन् र केही पूर्ण असत्य । यसका आधारमा टिप्पणी गर्ने वा धारणा बनाउने काम म सकेसम्म गर्ने गर्दिन ।

कुनै एक स्टेटसमा सबै कुरा समावेश हुन सक्दैन , जसरी कानुनको कुनै एक दफामैं सबै लेखिदैन । यसका लागि कानुनलाई समग्रमा पढ्नुपर्छ। त्यस्तै मलाई समग्रमा पढ्न अनुरोध गर्न चाहन्छु । कुनै तथ्यगत त्रुटी भए उल्लेख गरौं , म त्रुटी सच्चाउन सदा तत्पर रहने गरेको छु । जानेसम्मको कुरा गर्ने हो, सबै कुरा जान्न पनि सकिने हैन । । तर जब थप जानकारी उपलव्ध हुन्छ, धारणा पनि फेरिनुपर्छ र म तथ्यका आधारमैं खुशीसाथ आफू फेरिने गर्छु । सत्यको दर्शन गर्ने भनेको सत्यको मार्ग पछि लाग्ने हो। यही पद्दति बैज्ञानिक, अध्यात्मिक र मानवीय हो र हुन्छ । 

तथ्य फेरिदा नतिजा फेरिन्छ, त्यसपछि धारणा पनि फेरिन्छ र फेरिनै पर्छ , पुन: नयॉ तथ्य, पुन: नयॉ धारणा बन्दै जान्छ। जिवन यसरी नै हो समृद्ध हुने पनि । नत्र जिवन गुहे पोखरीजस्तो दुर्गन्धित हुन पुग्छ ।

लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।