प्रविधिकै कारण बाचेको छु

प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला ।’

प्रधानमन्त्री ओलीले सरकार प्रविधिसहितको दिगो विकास गर्न तीव्र गतिमा अघि बढको बताए । ‘सरकार तीव्र गतिमा विकास गर्न प्रयत्नशीत छ । केही वर्षअघिसम्म धेरै कुरामा समान हैसियत र क्षमता रहेको स्विजरल्याण्ड निकै अघि बढ्यो । नेपाल किन पछि परेको छ, त्यसको कारण खोजिनुपर्छ,’ उनले भने ‘अनि, समाधान र विकासतर्फ अघि बढ्नु पर्छ ।’ अन्नपूर्णपोस्टमा श्रीराम केसीले समाचार लेखेका छन् ।

यो पनि पढ्नुहोस

“नेपालको विकास स्वीजरल्याण्डकै गतिमा” :- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन् ।धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए ।उनले भने, “विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।” उनले विकासलाई शिक्षा र विज्ञानसँग जोडेर मुलुक समृद्ध बनाउन आफूहरु अनवरत रुपमा लागिरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले कम विकसित हाम्रो मुलुक पछाडि पर्नुको कारण पत्ता लगाएर समाधान गर्न लागेको उल्लेख गरे । “हाम्रोजस्तै जमीन भएको सानो मुलुक स्वीट्जरल्याण्ड निकै विकसित छ, तर उसको विकास हाम्रोभन्दा निकै टाढा छ”, उनले भने, “ल्याण्डलक र हिमाली मुलुकका हामी पनि उसकै गतिमा विकासलाई तीव्रता दिन प्रयासरत छौँ ।”, उनले आफूहरु समृद्धिको बाटोमा गम्भीररुपमा खटिरहेकाले विकासका पाइला छिटोछिटो अघि बढिरहेको दोहो¥याए ।

प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा विज्ञान र प्रविधिका कारण आफू अहिलेसम्म बाँच्न पाएको बताए । उनले भने, “विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो ” उनले विज्ञान प्रविधिको विकासका कारणनै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताए ।

प्रधानमन्त्री ओलीले विशेष दीक्षान्त समारोहमा प्रसिद्ध स्वीस सिभिल इञ्जिनीयर तथा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने)का मानार्थ अध्यक्ष प्रा डा जँक्लड बाडुलाई सम्मानार्थ विद्यावारिधी प्रदान गरे । उनले आफ्नै देश स्वीट्जरल्याण्डको शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याएबापत विश्वविद्यालयले सम्मानार्थ विद्यावारिधि प्रदान गरेकामा खुशी व्यक्त गरे।

डा बाडुले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण आफूलाई मनपर्ने देश भएकाले बताए । उनले भने, “म नेपाल २० पटक आइसकेँ, तपाईंका हिमाल उत्तिकै सुन्दर छन्, तर बेलाबेलामा बाढी पहिरोको समस्या देखापर्दा दुःख लाग्छ ।” उनले शिक्षा विकासको ठूलो शक्ति रहेकाले नयाँ नयाँ ज्ञानको खोजी गर्नुपर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले विज्ञान र प्रविधिले फड्को मारिरहेकाले उज्ज्वल भविष्यका लागि कस्तो शिक्षा प्रदान गर्ने भन्नेमा विशेष ध्यान दिनु आवश्यक रहेको बताए । रजिष्ट्रार प्रा डा सुबोध शर्माले समारोहमा डा बाडुको शिक्षाको क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए । विश्वविद्यालयले यसअघि सन् २०११ मा वरिष्ठ नेपाली संस्कृतिविद् तथा लेखक सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ डा करण सिंह र सन् २०१६ मा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।