नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको भन्दै नेत्रविक्रम चन्द विप्लवलाई रुमानी सपना नदेख्न आग्रह गरेका छन् । उनले प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन नसकिने धारणा राखे।
आफूलाई मार्न नेत्रविक्रम चन्दले टोली खटाएको सूचना सरकारले दिएको भन्दै उनले आफूलाई पहिला मार्नुपर्ने भनेर चन्द समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको खुलासा गरे ।
प्रचण्डलाई नै पहिला मार्नुपर्छ भनेर माइन्यूट गर्नु भाुछ रे, टिम पनि खटाउनु छ रे !, उनले भने, ती साथीहरुलाई देखेर मलाई साँच्चै दया, माया लागेको छ।
उनले प्रश्न गरे, ुमलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र वा परिवर्तन बच्ने हो तरुु
उनले ०५२ सालजस्तो परस्थिति नभएको भन्दै चन्दा, लुटपाट र आपराधिक गतिविधि रोक्न आग्रह गरे । अध्यक्ष दाहालले चन्द समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने समेत बताएका छन्।




