चितुवाको आक्रमणबाट प्रहरीसहित ३ घाइते

चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् । 

lrt’jfsf] cfqmd0faf6 3fOt] k|x/L lrt’jfsf] cfqmd0faf6 3fOt] ePsf Onfsf k|x/L sfof{no 6Lsfk’/df sfo{/t k|x/L hjfg b]jLeQm lwtfn . lrt’jfn] cfqmd0f ubf{ lwtfnsf] 3f6Lsf] cl3 / kl5, xft / 9f8df u/L rf/ 7fpFdf rf]6 nfu]sf] 5 . t:aL/ M– b’uf{ b]jsf]6f nDsL, s}nfnL , /f;;

टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । 

धितालको घाँटी, हात र ढाडमा घाउ रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । 

शाहको निधार र टाउकोमा तथा विकको घुँडामा घाउ छ । चितुवा नियन्त्रणको प्रयास जारी छ । 

प्रहरीले चितुवालाई चारैतिरबाट घेरा हालेको छ ।