वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको शक्तिशाली विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गराएको आशंक गरिएको छ । विप्लव समूहका कार्यकर्ताले चन्दालाई गुरुङले चन्दा नदिएपछि नेकपाले विस्फोट गराएको प्रहरीको अनुमान छ ।
नेकपा कार्यकता चन्दा माग्न गुरुङकहाँ पनि पुगेका थिए । आर्थिक संकटमा भएको भन्दै गुरुङ र संघले चन्दा नदिएको सुरक्षा स्रोत बताउँछ ।
शुक्रबार साँझ गुरुङको घरको ग्यारेजमा राखिएको गाडीमा शक्तिशाली विस्फोटमा ४ जना घाइते भएका छन् भने भने बा १० च ६७८९ नम्बरको गाडी ध्वस्त भएको छ ।
मागेअनुसार चन्दा नदिएको भन्दै नेकपाले १० माघमा नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको थियो । कार्यालयभित्र छाडेको बम सुरक्षागार्डले बाहिर ल्याउँदा विस्फोट भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।






