पोखरा पर्यटकीय क्षेत्र बैदामको हल्लनचोकमा शुक्रबार राति आगलागी भएको छ । हल्लनचोकको क्लब ९९ रहेको भवनमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
पोखरा महानगरको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी र स्थानीयले आगो निभाउन सक्रिय छन् । आगलागीबाट त्यो भवनमा रहेको १ बर्गर पसल र १ टे«किङ सप ध्वस्त भएका छन् ।
आगो नियन्त्रण नआउँदा स्थानीय त्रसित छन् । घटनामा मानवीय क्षति नभएको र अन्य क्षतिको विवरणमा भन्दा आगो निभाउनै केन्द्रीय भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।






