मादी खोंचमा प्रहरीको शव

फागुन १५ गतेबाट सम्पर्कविहीन १ प्रहरी जवानको शव मादी नदीको खोंचमा फेला परेको छ । तनहुँको व्यास ७ कलेस्तीस्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान ठगेन्द्र घर्तीमगर मंगलबार साँझ मृत फेला परेको तनहुँका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

कुरिनटारबाट आएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गोताखोर टोलीले शव फेला पारेको हो । । फागुन १५ गते राति स्थानीय शैलेन्द्र खनालसँग घुम्न निस्किएका मगर त्यसयता सम्पर्कविहीन थिए । प्रहरीले शैलेन्द्रलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । शैलेन्द्रले नदीमा माछा मार्न जाँदा मगर बेपत्ता भएको बयान दिएका छन् ।