रवीन्द्रको क्षेत्रबाट उम्मेदवार बन्दिनँ : बामदेव

नेकपा नेता बामदेव गौतमले आफू रवीन्द्र अधिकारीको क्षेत्रबाट चुनाव लड्नेमा कुनै सत्यता नभएको प्रष्टीकरण दिएका छन् । यही १५ गते संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि सामाजिक सञ्जाल र केही मिडियाले यस्तो अड्कलबाजी गरेका थिए ।

मन्त्री अधिकारीको निधनपछि रिक्त भएको कास्की २ मा अब उपनिर्वाचन हुनेछ । उपनिर्वाचनमा उड्न रवीन्द्र पत्नी विद्या भट्टराईलाई आग्रह गरिएका स्टाटसहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् । बर्दियाबाट चुनाव हारेका नेता गौतमका लागि संसद प्रवेशको बाटो खुलाउन नेकपा सांसदलाई राजीनामा गराउने प्रयास भए पनि त्यसको सर्वत्र विरोध भएको थियो । तत्कालीन एमाले विभाजन भएपछि बामदेवलाई नेकपा मालेमा गएर साथ दिएका नेता अधिकारीको क्षेत्र अब खाली भएकाले बामदेव उम्मेदवार हुने चर्चा चल्न थालेको थियो ।

गौतमले शनिबार स्टाटस लेख्दै यो हल्ला बारे भनेका छन्, “यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मॉत्र हो। मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन।’
उनले पार्टीले आफ्नो इच्छाविपरीत त्यो क्षेत्रमा आफूलाई उठाउने निर्णय ग¥योभ ने पनि आफू नउठ्ने जनाएका छन् । उनले भनेका छन्, “मेरो संपूर्ण प्रयत्न स्व।क।रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने छु।’

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।