श्रीमती र छोराहरुले दिए दागवत्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा राजकीय सम्मानका साथअन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा ल्याएर शवयात्रासहित रामघाटमा अन्तेष्टि गरिएको हो । पोखरा प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जलीपछि महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा भएको थियो । मन्त्री अधिकारीको अन्तिम संस्कार ७ दिनमा सक्ने तयारी छ ।