लोकप्रिय नेताको भावपूर्ण बिदाइ (तस्विरहरु )

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जली पछी शवयात्रा जारी छ।

शवयात्रा पश्चात आजै राष्ट्रिय सम्मानसहित अधिकारीको अन्त्यष्टी गरिनेछ । शवयात्रामा पोखरेलीहरुको भिड छ । विकासप्रेमी नेता अधिकारीको निधनले सिंगो पोखरा शोकमा डुबेको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टी पोखरेलीहरु तथा परिवारको चाहना अनुसार गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा गरिने भएको हो ।